टेलिभिजन महशुल
नेपाल सरकारको श्रम स्वीकृती लिइ श्रम गर्न जानु भएका नेपाली नागरिकले लगातार कम्तिमा १२ महिना काम गरी फर्कँदा:
सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका यात्रुको हकमा जुनसुकै आकार वा प्रकारको टिभी साथमा ल्याउँदा महसुल छुट दिइनेछ ।
त्यस्तो कोषमा सूचीकृत नभएको हकमा ३२ इन्चसम्मको १ थान टिभी साथमा ल्याउँदा महसुल छुट दिइनेछ ।
तर यस्तो सुविधा एकपटकको लागि मात्र दिइनेछ । माथि तोकिए भन्दा बाहेक अवस्था तथा अध्ययन र भ्रमणबाट फर्कँदा ल्याएको टिभीमा नियमानुसार महसुल लाग्छ ।
भन्सार कार्यालयद्वारा कायम गरिएको मूल्यमाः
४८ इन्च सम्म | ४८ इन्चभन्दा माथि |
भन्सार महसुल २०% अन्तशुल्क १०%, मूल्य अभिवृद्धि कर १३% |
भन्सार महसुल ३०% अन्तशुल्क १०%, मूल्य अभिवृद्धि कर १३% |