• EN

आशिकुडा प्रणाली कार्यान्वयन अवस्था

नेपाल भन्सार स्वचालन प्रणाली

Nepal Customs Automation System (NECAS)

पृष्ठभूमि:

भन्सार जाँचपासको सिलिसलामा मालवस्तुको घोषणा गर्नका लागि हस्तलिखित भन्सार प्रज्ञापनपत्र भरी जाँचपास प्रक्रिया सम्पन्न गरिंदै आएकोमा सर्वप्रथम सन् १९९८ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा UNCTAD द्वारा निर्मित आशिकुडा प्रणालीको (ASYCUDA++) माध्यमबाट कम्प्यूटर मार्फत मालवस्तुको विवरण प्रविष्टि गरी भन्सार जाँचपासमा आधुनिकीकरणको प्रारम्भ भएको थियो ।

 

यसै गरी सन् २००९ देखि मालवस्तुको विवरण कम्प्यूटर मार्फत प्रविष्टि गरी कम्प्यूटर मूद्रित प्रज्ञापनपत्रबाट भन्सार जाँचपास कार्यको थालनी भएको थियो भने आशिकुडा प्रणाली कार्यान्वयनको करीव २० बर्षको अभ्यासपछि एशियाली विकास वैंकको सहयोगमा यसैको विकसित रुप वेभमा आधारित आशिकुडा वर्ल्ड प्रणाली (ASYCUDA World) जनवरी २६, २०१६ मा मेची भन्सार कार्यालयबाट शुरु भएपछि भन्सार प्रशासनले आधुनिकीकरणमा नयाँ युगको प्रारम्भ गरेको छ र हालसम्म २८ वटा भन्सार कार्यालयमा यो प्रणाली लागू भइसकेको छ । नेपालमा लागू गरिएको यो प्रणालीलाई Nepal Customs Automation System (NECAS) भनेर चिनिन्छ । प्रणाली सञ्चालनका लागि भन्सार विभागमा केन्द्रीय डाटा सेन्टर स्थापना गरिएको छ भने विराटनगर भन्सार कार्यालयमा Data Recovery Center स्थापना गर्ने कार्य अन्तिम चरणमा रहेको छ । विश्वका ९० भन्दा बढी मुलुकहरुमा यो प्रणाली सफलतापूर्वक कार्यान्वयनमा रहेको अवस्था छ । प्रणालीका प्रमुख विशेषताहरु देहाय वमोजिम रहेका छन्:-

  1. Centralized and Web-based online system
  2. Source code available for modification
  3. High security feature
  4. Data exchange facility
  5. Online Analytical Processing (OLAP)
  6. Document upload facility
  7. Use of Bar code
  8. Tariff Specification Code (TSC code)
  9. Risk based selectivity
  10. Automated information about customs process steps
  11. Log file in each process
  12. Electronic payment (ePayment)
  13. Digital signature, etc.

 

मुख्य उपप्रणालीहरु (Modules):

  1. Goods clearance module

भन्सार जाँचपासको लागि NECAS प्रणाली मार्फत भन्सार कार्यालयमा मालवस्तु घोषणा गर्ने यो मुख्य मोड्युल हो । यो मोड्युल मार्फत मालवस्तुको विवरण घोषणाकर्ताले भन्सार प्रज्ञापनपत्रको रुपमा प्रणालीमा दर्ता गर्नेछन् । मालवस्तुको विवरण घोषणा भएपछि घोषित मालवस्तुमा लाग्ने राजस्व रकम प्रणालीले आफैं निर्धारण गर्नेछ । भन्सार जाँचपास पश्चात् प्रज्ञापनपत्रमा उल्लेख भएको राजस्व रकम बैंकहरुले बुझी Bank Receipt जारी गर्नेछन् । भन्सार जाँचपास सम्वन्धी सम्पूर्ण कार्य समाप्त भएपश्चात मालवस्तु वहिर्गमनका लागि प्रणालीबाट Exit Note जारी हुनेछ । प्रज्ञापनपत्र, Bank Receipt, Exit Note आदि कागजातहरु सुरक्षाको दृष्टिकोणले प्रणालीबाट Bar Code सहित प्रिन्ट हुने व्यवस्था गरिएको छ भने प्रज्ञापनपत्रको विवरण हेर्न, बैंकले रकम बुझ्न, मालवस्तु वहिर्गमन गर्ने जस्ता कार्यलाई सहज गर्न Fast Processing का लागि Bar Code Reader को प्रयोग गर्ने गरिएको छ । Goods clearance मोड्युल हालसम्म २९ वटा भन्सार कार्यालयमा लागू गरिएको छ ।

 

  1. Gate entry module

भन्सार जाँचपासको सिलसिलामा भन्सार परिसरमा प्रवेश (Entry) हुने सवारी साधनहरुको विवरण NECAS प्रणालीमा इन्ट्रि यस मोड्युल मार्फत गरिन्छ । Entry भएको सवारी साधन Exit हुनै पर्ने, Gate Entry भएर Exit नभएको सवारी साधन पुन: Entry हुन नसक्ने व्यवस्थाको साथै प्रज्ञापनपत्र दर्ता अघि वा पछि Gate Entry गर्न सकिनेछ । Gate Entry र प्रज्ञापनपत्र दर्ता दुवै कार्य सम्पन्न भएपछि  (दुवैको विवरण मिलेपछि) मात्र प्रणालीबाटै सो प्रज्ञापनपत्र Auto-assessment र भन्सार जाँचपास अधिकृत एवं जाँचकी Automatic तोकिने व्यवस्था गरिएको छ । Gate Entry module ले भन्सार जाँचपासमा Pre-arrival processing को अवधारणालाई सम्वोधन गरेको छ । Gate Entry मोड्युल हालसम्म २३ वटा भन्सार कार्यालयमा कार्यालयमा लागू गरिएको छ ।

 

  1. Manifest module

मेनिफेष्ट भन्नाले हवाईजहाज सञ्चालकले विमान गन्तव्यका लागि प्रस्थान गर्नु अगावै कार्गो ह्यान्डलिङ गर्ने कम्पनीहरुलाई दिनुपर्ने मालवस्तुको सूचीलाई जँनाउछ । यस्तो मेनिफेष्टमा मालवस्तुवाहक हवाईजहाज, छुटेको स्थान, मालवस्तुको धनी, अदत संख्या, तौल तथा प्याकेजिङको प्रकार आदि विवरणहरु समाविष्ट गरिएको हुन्छ । यस्तो मेनिफेष्ट कार्गो ह्यान्डलिङ गर्ने कम्पनीहरुले विमानस्थलमा कार्गो व्यवस्थापन गर्ने जिम्मेवारी पाएको कम्पनीलाई उपलव्ध गराउने र उक्त कम्पनीले आफ्नो प्रणालीमा प्रविष्टि गरेपछि त्यहाँबाट उक्त विवरण स्वतः भन्सारको NECAS प्रणालीको मेनिफेष्ट मोड्यूलमा प्राप्त हुने र प्रशोधन गर्ने प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको छ । यसको साथसाथै, मेनिफेष्ट प्रणालीमा विवरण अग्रिम प्रविष्टि हुने भएकाले प्रज्ञापनपत्र दर्तापश्चात NECAS प्रणालीमा Auto-assessment हुने व्यवस्था गरिएको छ । विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता र विश्व भन्सार संगठनको संशोधित क्योटो महासन्धिले सिफारिस गरेका सेवाग्राहीहरुलाई भन्सारमा मालवस्तु पुग्नुअगावै मालवस्तुको जाँचपासलाई प्रशोधन गर्ने (Pre-arrival processing) सुविधाको कार्यान्वयन मेनिफेष्ट मोड्यूलले सम्भव गराएको छ । यस प्रणालीको कार्यान्वयनले एकातर्फ जाँचपासमा व्यापार सहजीकरणलाई प्रोत्साहित गर्ने छ भने राजस्व जोखिमलाई समेत न्यूनीकरण गर्नेछ । Manifest मोड्युल हालसम्म त्रि. वि. भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयमा लागू गरिएको छ ।

 

  1. Selectivity module

भन्सार ऐन, २०६४ को दफा २० बमोजिम छनौट प्रणालीको आधारमा मालवस्तु जाँचपास गर्ने प्रयोजनको लागि छनौट प्रणाली (Selectivity module) कार्यान्वयन गरिएको छ । मालवस्तुको जोखिमको आधारमा रातो, पहेंलो र हरियो मार्गबाट मालवस्तु जाँचपास हुने व्यवस्था गरिएको छ । कागजात परीक्षण र भौतिक परीक्षण गरी गरिने जाँचपास रातो मार्गबाट, कागजात मात्र परीक्षण गरी गरिने जाँचपास पहेंलो मार्गबाट, र कागजात र भौतिक परीक्षण दुवै नगरी गरिने जाँचपास हरियो मार्गबाट हुने व्यवस्था गरिएको छ । Selectivity मोड्युल हालसम्म २६ वटा भन्सार कार्यालयमा कार्यालयमा लागू गरिएको छ ।

 

  1. Deposit/seizure management module

विदेशबाट नेपालभित्र आउने यात्रुले आफ्नो साथमा ल्याएको मालवस्तु तत्काल जाँचपास नगराई भन्सारमा नै डिपोजिट राख्न  चाहेमा धरौटी तथा जफत व्यवस्थापन उपप्रणालीको प्रयोग गरी यस्ता मालवस्तु डिपोजिट राख्ने व्यवस्था गरिएको छ । साथै यात्रुले प्रचलित कानून बमोजिम प्रतिबन्धित वा तोकिएको परिमाणभन्दा बढी मालवस्तु ल्याएको अवस्थामा त्यस्तो मालवस्तु जफत गर्दा पनि यो  उपप्रणालीको प्रयोग गरिन्छ । यो मोड्युल हालसम्म त्रि. वि. भन्सार कार्यालयमा मात्र लागू गरिएको छ ।

 

  1. Bank guarantee management module

बैंक जमानतमा मालवस्तु भन्सार जाँचपास गर्न कार्यलाई व्यवस्थित गर्न यो उपप्रणालीको प्रयोग गरिन्छ । बैंक जमानतमा जाँचपास गरिने मालवस्तुको प्रज्ञापनपत्र भर्नुभन्दा पहिला बैंक जमानतको विवरण घोषणाकर्ताले प्रणालीमा प्रविष्टि गरेपछि भन्सार कार्यालयका बैंक जमानत शाखाका कर्मचारीले प्रणालीमा बैंक जमानत जाँच (Verify) गरी त्यसलाई Active गर्दछन। बैंक जमानत Active भएपछि मात्र  प्रणालीमा प्रज्ञापनपत्र प्रविष्टि गर्न सकिनेछ । प्रणालीमा भएको बैंक जमानत प्रयोग गरी घोषणाकर्ताले बैंक जमानतमा मालवस्तु जाँचपास गराउन सक्नेछन् । प्रणालीमा प्रविष्टि भएको बैंक जमानत प्रज्ञापनपत्र घोषणा हुँदा प्रणालीले बैंक जमानत रकम क्रमशः घटाउँदै बाँकी रकमको लगत राख्नेछ र बाँकी रहेको रकमभन्दा बढी महसुल लाग्ने मालवस्तु जाँचपास हुनबाट रोक्नेछ । बैंक जमानत प्रणालीमा विवरण दर्ता गर्दा बैंक जमानत पत्रमा तोकिएको कार्यालयमा प्रयोग गर्ने गरी मात्र दर्ता गरिनेछ । यो मोड्युल हालसम्म २८ वटा भन्सार कार्यालयमा लागू गरिएको छ ।

 

  1. Valuation process automation module

भन्सार मूल्यांकनको लागि प्रयोग गरिदैं आएको कागजी मूल्यांकन प्रणालीको अन्त्य भई आशिकुडा प्रणालीभित्रै भारत तथा तेस्रो मुलुकबाट पैठारी हुने सवै मालवस्तुको (यात्रु शाखाबाट जाँचपास हुने वाहेक) आयात निर्यातकर्ताद्वारा मूल्यांकन घोषणा गर्ने, भन्सार अधिकृतद्वारा मूल्यांकन गर्ने र प्रमुखद्वारा मूल्यांकन सदर गर्ने व्यवस्था रहेको छ । कार्यालय प्रमुखले विभिन्न भन्सार कार्यालयबाट मूल्यांकन गरी जाँचपास भएको मालवस्तुको विवरण भन्सार मूल्यांकन Reference को लागि हेर्न सक्ने व्यवस्था रहेको छ । भन्सार कार्यालयहरुबाट भएका मालवस्तुहरुको मूल्याकंन कार्यलाई भन्सार विभागवाटै प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था रहेको छ । यस मोड्युल मार्फत संकलित विवरणहरुबाट Tariff Specification Code (TSC) निर्माणको लागि प्रारम्भिक डाटावेस तयार हुने र NECAS प्रणालीमा TSC को प्रयोगपश्चात् मालवस्तुको न्यून बीजकीकरण र अधिक बीजकीकरण को विषयलाई प्रणालीबाटै सम्वोधन गर्न सहयोग पुग्नेछ । यो मोड्युल हालसम्म २९ वटा भन्सार कार्यालयमा लागू गरिएको छ ।

 

  1. ASYCUDA Mobile Client App

मालवस्तु जाँचपास गर्दा प्रणालीबाट प्रज्ञापनपत्र खोज्ने, जाँचपास मार्ग तोक्ने, घोषित मालवस्तुको विवरण हेर्ने, परीक्षण प्रतिवेदन पेश गर्ने, प्रज्ञापनपत्रलाई पुन: हरियो मार्गमा पठाउने कार्य Re-route to Green गर्ने, जाँचकी तोक्ने कार्य Manual Examiner Assignment गर्ने व्यवस्थाको लागि भन्सार  विभागले मोबाइल एप (ASYCUDA Mobile Client) को विकास गरी प्रयोगमा ल्याएकोछ । यसको प्रयोगको लागि प्रणालीमा अनुमति प्रदान गर्ने, अनुमतिको लागि प्रयोगकर्ताको युजर नेमसँग प्रयोगकर्ताको मोबाइलको Unique ID लिंक गर्ने जस्ता व्यवस्था गरिएको छ । यसलाई प्रणालीमा उक्त प्रयोगकर्तालार्इ दिइएको कार्यक्षेत्र अन्तर्गत मात्र प्रयोग हुन सक्ने गरी व्यवस्था गरिएको छ ।

 

NECAS कार्यान्वयनको अवस्था (२०८१ मङ्सिर महिनासम्म)

SN Customs Office NECAS Selectivity Exit Note Bank Receipt Gate Entry Valuation Manifest Deposit Bank Guarantee Mobile App ePayment Lab Module Paperless Export
1 Mechi Yes Yes Yes Yes     Yes Yes     Yes Yes Yes Yes Yes
2 Dryport Yes Yes Yes Yes   Yes  Yes   Yes   Yes Yes Yes
3 Birgunj Yes Yes Yes Yes Yes Yes     Yes Yes Yes Yes Yes
4 Bhairahawa Yes Yes Yes Yes Yes Yes     Yes Yes Yes Yes Yes
5 Biratnagar Yes Yes Yes Yes Yes Yes     Yes Yes Yes Yes Yes
6 Krishnanagar Yes Yes Yes Yes Yes Yes     Yes Yes Yes   Yes
7 TIA Yes Yes Yes Yes   Yes Yes Yes Yes Yes Yes Yes Yes
8 Bhadrapur Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
9 Nepalgunj Yes Yes Yes Yes Yes Yes     Yes   Yes Yes Yes
10 Kailali Yes Yes Yes Yes Yes Yes     Yes   Yes Yes Yes
11 Rasuwa Yes Yes Yes Yes Yes Yes     Yes   Yes   Yes
12 Gaur Yes Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
13 Jaleshwor Yes Yes  Yes Yes Yes Yes     Yes   Yes   Yes
14 Suthouli Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
15 Janakpur Yes  Yes Yes  Yes  Yes Yes     Yes   Yes   Yes
16 Kanchanpur Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
17 Sarlahi Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
18 Siraha Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
19 Sunsari Yes  Yes  Yes Yes Yes  Yes     Yes   Yes   Yes
20 Rajbiraj Yes Yes   Yes Yes  Yes Yes     Yes   Yes   Yes
21 Maheshpur Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
22 Sati Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
23 Thadi Yes  Yes  Yes Yes  Yes Yes     Yes   Yes   Yes
24 Tatopani Yes Yes  Yes Yes Yes Yes     Yes   Yes   Yes
25 Chobhar Yes Yes Yes Yes Yes Yes     Yes   Yes   Yes
26 Goutambuddha Yes Yes Yes Yes   Yes     Yes   Yes    
27 Koilabas Yes         Yes     Yes        
28 Triveni Yes         Yes     Yes        
29 Pasupatinagar Yes                        
Total 29 26 26 26 23 28 2 1 28 6 26 8 25