• EN

दूरदृष्टि/लक्ष्य

दूरदृष्टि, लक्ष्य , मूल्य, मार्गदर्शक सिद्धान्त र रणनीति

 

(क) दूरदृष्टि

नेपालको आर्थिक तथा सामाजिक समुन्नतिका लागि उत्कृष्ट भन्सार सेवा ।

(ख) लक्ष्य

सेवाग्राहीको समय तथा लागत मूल्यलाइ सम्मान गर्ने र उत्कृष्ट भन्सार सेवा प्रवाह गर्ने कटिबद्घताका साथै आर्थिक बृद्घि र विकास ,सामाजिक सुनिश्चितताका लागि विश्वव्यापी आर्थिक कार्य वातावरण निर्माण गर्ने ।

(ग) मूल्यहरु

१.सदाचारिता 

२.निष्पक्षता        

३.जवाफदेहिता

४.पारदर्शिता  

५.पारस्परिक सम्मान र शिष्टाचार         

६. समर्पण र उत्कृष्टता

(घ) मार्गदर्शक सिद्धान्तहरु

१.परिपालना लागत र समय घटाउने

२.स्वस्थ बजार व्यवस्थाको संचालनमा सहयोग गर्ने

३.निर्यात प्रवर्धनमा  सहयोग गर्ने

४.लगानीका लागि अनुकूल वातावरण स्थापित गर्ने

५.स्वस्थ वित्तीय संरचनाका लागि करारोपण गर्ने

६.समन्वय गर्ने

(ङ) रणनीतिहरु

१.वैध उद्योग व्यापारलाइ सहजीकरण गर्ने ।

२.भन्सार प्रशासन र नेपाल सरकार , नेपालको भन्सार प्रशासन र अन्तर्राष्ट्रिय भन्सार प्रशासन तथा नेपालको भन्सार प्रशासन र व्यापारिक समुदायबीच सूचना, संचार तथा सहयोग अभिवृद्धि गर्ने ।

३.समाज र वातावरणको सुरक्षा गर्ने ।

४.कानूनको परिपालनामा सुनिश्चितता कायम गर्ने ।

५.वास्तविक र सही राजस्व संकलन गर्ने ।

६.भन्सार व्यवस्थापन / प्रशासनको आधुनिकीकरण एवं सुधार गर्ने ।

७.भौतिक सुबिधा र पूर्वाधार विकास गर्ने ।

८.सदाचार संस्कृतिको प्रवर्धन गर्ने ।

९.यात्रु जांचपास प्रणालीमा सुधार गर्ने ।

१०. व्यवस्थापन सूचना प्रणालीका लागि सांख्यिकीय आधारको विकास गर्ने ।

११. भन्सार कार्यप्रक्रियालाई विद्युतीय भन्सारमा रुपान्तरण गर्ने ।